३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

नुवाकोटको विदुर फेरि एमालेको लालकिल्ला बन्दै, नेतृत्वमा सबै युवा

२८ साउन, नुवाकोट । नेकपा (एमाले) विदुर नगर संगठन कमिटीकाे सपथ ग्रहण कार्यक्रम तथा प्रथम पूर्ण बैठक सम्पन्न भएको । बागमती प्रदेश सदस्य विन्दा ढुङ्गानाकाे प्रमुख आतिथ्यतामा र जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको विशेष आतिथ्यतामा पार्टी कार्यालय भवन विदुरमा आज सम्पन्न भएको कार्यक्रममा विदुर नगर कमिटीको त्रिपन्न सदस्यीय सचिवालय समेत गठन गरिएको र १३ वटै वडाकाे वडा ईन्चार्जहरु ताेकिएकाे नगर ईन्चार्ज नारायण घिमिरेले बताए ।

यहि भाद्र मसान्तभित्र सबै वडाकाे भेलाहरु गर्ने र संगठित सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण सम्बन्धि कार्य अभियानको रुपमा संचालन गरिने निर्णय भएकाे सचिव अनुज कुमार श्रेष्ठले जानकारी दिए । अहिलेसम्मका सबै स्थानीय चुनावमा विदुर नगरपालिकमा एमालेले बाजी मार्दै अाएको छ । युवाहरूले यस्तै सक्रियता कामय राखे फेरि त्यस्ता इतिहासको रक्षा गर्न सकिने सचिव श्रेष्ठले बताए ।

नगर कमिटीका अध्यक्ष नवीन प्रधानकाे अध्यक्षतामा सम्पन्न भएको बैठकले वडा इन्चार्जहरु तोकेको छ । जस अनुसार वडा नं. १ राजेश श्रेष्ठ वडा नं. २ दिपेन्द्र लाेहनी वडा नं. ३ परशुराम अधिकारी वडा नं. ४ छविलाल ओझा वडा नं. ५ राजाराम गजुरेल वडा नं. ६ श्याम कृष्ण चालिसे वडा नं. ७ शंकर ढकाल वडा नं. ८ रामशरण श्रेष्ठ वडा नं. ९ धनबहादुर बाेगटी वडा नं. १० अपार बाेहरा वडा नं. ११ राजकुमार केसी वडा नं. १२ मनाेज अधिकारी वडा नं. १३ राजकुमार तामाङ रहेका छन । सबै युवा अनुहार नेतृत्वमा देखिएसँगै एमालेले विदुरलाइ फेरि लाल किल्ला बनाउने अभियान सुरू भएको सचिव श्रेष्ठले बताए ।

प्रकाशित मिति : 23:01