१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुईजना पक्राउ

१० फागुन, काठमाडाैँ । काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को संजय विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश३-०२-१२ प ५५८२ नम्वरभएकोएनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

वास्तविक नम्बर बा८५प ९०३४खुल्न आएको उक्त मोटरसाईकलयहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताए । त्यसैगरीसोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाईकल सहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राई नियन्त्रणमा आएका हुन ।

कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाईकल चोरी भएको भनी यहि असोजमा निबेदन दिएकोमहाशाखाले जनाएको छ । मोटरसाईकल सहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको महाशाखाले जानकारी दिएकोछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार ११:३९