१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

युरेनियम कारोबारको आरोपमा कांग्रेस नेता महतसहित ८ जना पक्राउ

३ फागुन, काठमाडाैँ । कांग्रेस नेता नवराज महत युरेनियम कारोबारको आरोपमा पक्राउ परेका छन् । नेता नवराज महतसहित ८ जना कारोबारीलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले साेमबार साँझ हायात होटलको पार्किङबाट पक्राउ गरेको हो ।

उनीहरू आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा  संलग्न रहेको प्रहरीले बताएकाे छ । प्रहरीले स्टिङ अपरेसन गरेर उक्त गिरोहसँग खरिदको डिल गरेको थियो ।

पार्किङमा राखिएको गाडीमा लेदरको झोलाभित्र तीन केजी युरेनियम रहेको भन्दै महतको समूह त्यहाँ गएको थियो । प्रतिकेजी ३५ करोडमा बिक्री गर्ने सहमतिपछि उनीहरू हायात पुगेका थिए । प्रहरीले कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अन्यमा महोत्तरीका सुरेन्द्र सिरहाका गोपिलाल दास, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, नारायण यादव,  प्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर रहेका छन् ।

पक्राउ परेका महत ललितपुर क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभाका उम्मेदवार थिए । उनि २०७४ को प्रदेश निर्वाचनमा माओवादी नेता राजकाजी महर्जनसँग पराजित भएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार १९:२४