४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेप्सेमा एकैदिन थपियो तीन कम्पनीकाे बाेनस शेयर

३ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ करोड ३४ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको कुल २ करोड ३४ लाख ३७ हजार १४८.८५१ बोनस सेयर सूचीकृत भएको छ।

जसमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस सेयर छन्।


यी चारवटै कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत, मेरो माइक्रोफाइनान्सले २० प्रतिशत, महिला लघुवित्तले ४७.५ प्रतिशत र सिभिल लघुवित्त १९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

प्रकाशित मिति : February 15, 2022 at 3:29 pm