१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सशस्त्र प्रहरी बल प्रवक्तामा एसएसपी कमलप्रसाद तिउसीना

२ फागुन, काठमाडाैँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाले पाएका छन । यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको पदावधि सकिएर अनिवार्य अवकास पाएपछि तिउसीनालाई प्रवक्ताको जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र [email protected] ईमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १७:३८