२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सुमनको गोलसँगै आर्मी हारबाट बच्यो


२८ माघ, काठमाडौँ । अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल यूथ क्लबविरुद्ध हार टारेको छ ।

विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल यूथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीविरुद्ध जित नजिक रहेको थियो । तर सुनमले जगजित श्रेष्ठको पासमा बक्स भित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो ।

जावलाखेलको लागि ५३औं मिनेटमा आनगुनाले गोल गरे । उनले रूपबहादुर लामाको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए । सुमनले ७ मिनेटको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीसँगै आर्मी १८ अंक सहित तेस्रो स्थानमा यथावत छ । जावलाखेल ९ अङ्कसहित ११औं स्थानमा यावत छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १९:४८

https://srdb.com.np/