३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा, राखेपका पूर्व सदस्य पनि समेटिए


२८ माघ, काठमाडाैँ । नेपाल खेलकुद महासंघले महाधिवेशन आयोजक कमिटीको घोषणा गरेको छ । महासंघले दोस्रो महाधिवेशन आयोजना गर्ने गरी परशुराम बस्नेतको नेतृत्वमा १९९ सदस्यीय आयोजक कमिटीको घोषणा गरेको नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । अब आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने कटुवालले बताए ।

उनका अनुसार आयोजक कमिटीमा खेलकुद परिषदका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखेदेखि हालका सदस्य सुभास श्रेष्ठ, रेनुका श्रेष्ठ लगायत विभिन्न खेल विधाका हस्तीहरु समेटिएका छन । महासंघका अध्यक्ष रमेश पौडेल एमाले केन्द्रीय कमिटी सदस्य मनोनीत भएपछि वरिष्ठ उपाध्यक्ष बस्नेतको नेतृत्वमा आयोजक कमिटी गठन भएको हो । य

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १६:५३