३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

अष्ट्रेलियाको डार्विनमा बहुसांस्कृतिक भलिबल प्रतियोगिता हुदै


२८ माघ, अष्ट्रेलिया । कोरोनाका कारण स्थगित रहेको प्रथम बहुसांस्कृतिक भलिवल-२०२२ शनिवारबाट आयोजना हुन भएको छ । तीन नेपाली सामाजिक संस्थाहरु मिलेर अष्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विनमा नेपाली सहित विभिन्न समुदायहरुका क्लवहरु विच प्रथम भलिवल प्रतियोगिता हुन लागेको हो ।

गत जनवरी १५-१६ मा हुने भनियकोमा कोरोना महामारीका कारण प्रतियोगिता स्थगित गरिएको थियो । प्रतियोगिता नेपाली भलिबल क्लब डार्विन, नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी, एनआरएनए नर्दन टेरोटेरीले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

नया खेल तालिका अनुसार फेब्रअरी १२, १३ , १९ तथा फाइनल खेल २० तारिख आइतवार हुने भएको छ । यस अगि प्रतियोगिता संचालनको लागि आयोजक संघसंस्थाहरुको संयुक्त बैठकले सामाजिक अभियन्ता चन्द्रप्रकाश गुरुङको संयोजकत्वमा १२ सदस्यीय टास्कफोर्स गठन गरिएको थियो । जसमा नेप्लिज एसोशियसन अफ नर्दन टेरोटेरी अध्यक्ष युवराज पन्त, एनआरएनए नर्दन टेरोटेरी संयोजक बिष्णु चापागॉई, नेपाली भलिबल क्लब डार्विन अध्यक्ष किरण गौतम, बाबुराम भट्टराई, दिनेश के सी, भवानी पौडेल, रविन भुसाल, फिरोज राणा , गुनजन उपाध्याय, संजीव गोरखाली, र राज सापकोटा छन।

टाक्स फोर्स सदस्य भवानी पौडेलले खेल मार्फत बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायलाइ अन्य समुदाय संग भाइचारा सम्वन्धको विकास र विस्तार गर्ने मुख्य उद्देश्य रहेको वताउनुभयो । उहाले यस्ता कार्यक्रमहरुले नेपाल र नेपालीका वारेमा डार्विनबासी समुदायलाई परिचित गराएर नेपालको पर्यटक क्षेत्रको पनि प्रर्बधन हुने विश्वास व्यक्त गर्नु भयो ।

पौडेलका अनुसार डार्विन भलिबल एसोशियसनले प्राविधिक सहयोग गर्नेभएको छ । स्थानिय मारारा इनडोर स्टेडिममा चार दिन सम्म चल्ने खेलमा नेपाली सहित इन्डियन, फिलिपिनो, मलेशियन, स्थानिय अष्ट्रेलियन क्लवहरुका पुरुषको १० टिम र महिलाको ६ टिम सहभागी हुने भएका छन् ।

उहाँले यस अगाडि भएको नेपाली क्लवहरुको भलिबल प्रतियोगितामा नेपाली समुदायको उत्साहजनक उपस्थिति रहेकाले यस प्रतियोगितामा नेपाली टिमलाई उत्साह भर्न नेपाली समुदायको भव्य उपस्थित रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार १५:५५