३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

चारदेशीय शृंखलाको पहिलो खेलमा आज नेपाल र ओमान भिड्दै


२८ माघ, काठमाडौँ । आईसीसी टी-२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजबाट सुरु हुने चारदेशीय शृंखला खेल्दैछ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखला पछि १४ सदस्यीय टोलीले बिश्वकपको ग्लोबल छनोट खेल्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०८:३३