३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

लन टेनिस टोली श्रीलंका जाँदै


२७ माघ, काठमाडौं । आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिता (एसिया ओसिएना प्रि क्वालिफाइङ) मा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्दै छ । १४ देखि १९ फेब्रुअरीसम्म हुने प्रतियोगिताको पुरुषमा राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र जेनी खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

त्यसपछि कोलम्बोमै २१ देखि २६ फेब्रुअरीसम्म हुने जुनियर डेभिस कपमा पुरुषमा अकी जुवेन रावत, राजवीर प्रधान र निश्चल कायश्थले खेल्ने छन् । सोही दौरान हुने जुनियर बिली जिन किङ कपमा नेपाली महिला खेलाडी सुनिरा थापा, आइशा डोल्कर गुरुङ र प्रशंसा मोक्तानले सहभागिता जनाउने छन् । टोलीको प्रशिक्षकमा रामेश्वर थापा छन् । टोलीलाई नेपाल टेनिस संघका सदस्यद्वय अजय विष्ट र निरेश श्रेष्ठले सात दोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १८:३२