मधेसका तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे
-विशाल बस्नेत
२२ माघ, महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे ।
आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए । प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विराेध गर्दै आएकाे छ ।

महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विराेध गर्दै आएका छन् । कोभिडको कारण पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन ।
प्रकाशित मिति : February 5, 2022 at 9:06 am









