१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा कांग्रेस माओवादी भागवण्डा, अध्यक्षमा पुनः विवादित श्रेष्ठ

२० माघ, काठमाडौँ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभामा सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रकोबीचमा भागवण्डा गरेर नेतृत्व चयन गरिएको छ । ९ सदस्यीय क्याम्पस सञ्चालक समितिमा माओवादी केन्द्रले पनि दुई सदस्य पाएको छ भने कांग्रेसले अध्यक्षसहित ७ सदस्य पाएको छ ।

अध्यक्षमा यसअघि निकै विवादित बनेका कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठ चयन भएका छन ।  उनी क्याम्पसमा भएका अनियमिततामा मुछिएका विवादित पात्र हुन । यसअघि उनको विरूद्धमा विद्यार्थी संगठनहरूले लामो समय आन्दोलन नै गरेका थिए । क्याम्पसका एक जना संस्थापकले श्रेष्ठले गरेको भ्रष्टाचार छानविनको माग गर्दै अनशन नै बसेका थिए ।

क्याम्पससभामा नेतृत्व चयनका लागि सत्तारूढ दल एक भए पनि अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीले भने एक सदस्यमात्रै भए पनि पाउनु पर्ने माग गरेको भए पनि पाएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बागमती प्रदेश कमिटीका सदस्य रामशरण प्याकुरेल अध्यक्ष हुन नपाउने भएपछि सभानै अबैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो । क्यम्पस सभामा एमाले निकटका सभाका सदस्य र जनप्रतिनिधि कोही पनि उपस्थित भएका थिएनन् ।

यो पनि पढ्नुहोस्

रामशरण प्याकुरेललाई नुवाकोट क्याम्पसको अध्यक्षको रूपमा काम गर्न रोक (आदेशसहित)

-नुवाकोट क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल

नुवाकोट क्याम्पसमा कांग्रेसको गिद्देनजर, ज्वाइँ-ससुरा मिलेर त्रिविको निर्देशनलाई धोति लगाए

नुवाकोट क्याम्पसमा सूचना माग्न गएका सञ्चालक सदस्यलाई अध्यक्ष श्रेष्ठले यसरी हकारे (भिडियो)

-नुवाकोट क्याम्पसमा भएको कांग्रेसको कार्यकर्ताको भर्ती बदर गर्न अनेरास्ववियूको माग

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

नेविसंघको इकाइ जस्तो बन्यो नुवाकोट आदर्श बहुमुखी क्याम्पस, दिनहुँ हुन्छ अनैतिक काम

-नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

-नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित)

-नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः ६ सह प्राध्यापकको बढुवा बदर (निर्णयसहित)

-नुवाकोट क्याम्पसको भ्रष्टाचारः माइन्युट कब्जा गरी सहप्राध्यापकको बढुवा बदर !

-भ्रष्टाचारको अारोप लागेका नुवाकोट क्याम्पसका प्रमुख डंगोलले खुल्ला चाैरमै विद्यार्थी कुटे

-नुवाकोट क्याम्पस अनियमितताः ६ सह प्राध्यापकको बढुवा खारेज (माइन्युटसहित)

-भ्रष्टाचारको आरोपमा नुवाकोट क्याम्पसका प्रमुख डंगोलको अनुहारमा विद्यार्थीले पोते कालोमोसो

-नुवाकोट क्याम्पस कालोमोसो प्रकरणः विद्यार्थीविरूद्ध जाहेरीदिन क्याम्पस प्रमुख प्रहरी कार्यालयमा

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार ०९:१४