५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रामशरण प्याकुरेललाई नुवाकोट क्याम्पसको अध्यक्षको रूपमा काम गर्न रोक (आदेशसहित)


१८ असार, नुवाकोट । सर्वोच्च अदालतले रामशरण प्याकुरेललाई नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षको रूपमा काम नगर्न सर्वोच्च अदालतले अन्तरिमक आदेश दिएको छ । कम्याम्पसको निवर्तमान अध्यक्ष श्रीराम श्रेष्ठले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजालशले त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन गर्न रोक लगाएको हो । अदालतले असार २३ गते दुबै पक्षलाइ बोलाएको छ ।

अदाललते प्याकुरेल क्याम्पसको अध्यक्ष बन्न नै अयोग्य रहेको तर्क गरेको छ । अदालतको आदेश भनिएको छ ‘त्रिभुवन विश्वविद्यालयको सम्बन्धन सम्बन्धी विनियम, २०७३ को नियम ३६२) अनुसार विभुवन विश्वविद्यालयका उपकुलपति समक्ष सञ्चालक समितिको अध्यक्षका पदमा मनोनयनका लागि तीन जना व्यक्तिको नाम सिफारिश गरी पठाएको देखिन आउछ। तर विपक्षी मध्येका त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयबाट मिति २०७४।१२।२७ मा सो क्याम्पसको अध्यक्षको जिम्मेवारी तोक्दा उक्त सिफारिशमा नपरेको र क्याम्पसको विधानको धारा ११(क) मा सञ्चालक समितिको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल सञ्चालक समितिको सदस्य भैसकेको हुनुपर्ने भन्ने देखिएकोमा सो बमोजिमको योग्यतासमेत नपुगेका विपक्षी मध्येका रामशरण प्याकुरेललाई तोकेको देखिंदा अन्तरिम आदेशको छलफल भै टुंगो नलागेसम्मको अवधिको लागि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको मिति २०७७ । १२ । २७ च.नं, ३१४ ०७४।०७८ को विपक्षी मध्येका रामशरण प्याकुरेललाई क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम विपक्षीहरुका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ।’

योसँगै प्याकुरेल अध्यक्षबाट पदमुक्त हुने देखिएको छ । प्याकुरेल नेकपा एमाले नुवाकोटका संस्थापक सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसको भ्रातृ संस्था जस्तो बनेको क्याम्स तीन महिनामा सुधार गरेर नयाँ अध्यक्ष निर्वाचित गराउने जिम्मा प्याकुरेलले पाउनुभएको  भएपछि तीन महिना हुनै लाग्दा खास काम समेत नभएको अवस्थामा अदालतले काम गर्न रोक लगाएको छ । यसअघि गएको चैतको अन्तिममा प्याकुरेल कम्यापम्सको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

-नुवाकोट क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार १३:३१