गठबन्धन तोड्न अनावश्यक भ्रम पैदा गरियाेः माधव नेपाल
१९ माघ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन तोड्नका लागि केपी ओलीले अनावश्यक भ्रम पैदा गर्न खोजेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफु कमजोर भएपनि गठबन्धन तोड्नका लागि ओलीले अनावश्य भ्रम पैदा गर्न खोजेको आरोप लगाएका हुन् ।
उनले गठबन्धन तोड्न आपसी अविश्वास प्रैदा गर्न खाजिएको भन्दै जाल झेल र षडयन्त्रमा पर्न नहुने तर्क गरे । एमसीसीलाई पास गरे कांग्रेसलाई साथ दिने भन्दै एमालेले गलत तरिका अपनाउन खोजेकाले सवै सचेत हुनुपर्ने उनको भनाई छ ।

अध्यक्ष नेपालले आफुहरुले गठबन्धन दलका नेताहरुसंग छलफल गरेको र गठबन्धनलाई बलियो बनाउने बिषयमा कुराकानी भएको जानकारी दिनुभयो । उहाले अहिले पनि केपी ओलीमा व्यक्तिबाद हावी भएको तर्क गरे ।
कार्यक्रममा अध्यक्ष नेपालले सिन्धुपाल्चोकबाट विभिन्न पार्टी परित्याग गरी दजनौं नेता–कार्यकर्तालाई नेकपा एसमा प्रवेश गराउनुभएको थियो । नेकपा एस प्रवेश गर्नेहरुमा अधिकांश नेकपा एमालेका छन् ।
प्रकाशित मिति : February 2, 2022 at 4:34 pm









