एमालेको केन्द्रीय सचिवालय बैठक सुरू
१९ माघ, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक सुरु भएको हो ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।
प्रकाशित मिति : February 2, 2022 at 2:06 pm









