६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

रफाएल नाडालले २१ औँ ग्राण्डस्लाम जिते


१६ माघ, काठमाडौँ । स्पेनका टेनिस खेलाडी रफाएल नाडालले २१ औं ग्राण्डस्लाम जितेर इतिहास रचेका छन् । नडालले अस्ट्रेलियन ओपनको फाइनलमा दुई सेटबाट पछाडि परेको अवस्थामा रूसका डेनियल मेदवेदेवलाई पराजित गरेका हुन् ।

छैठौँ वरीयताका नडालले मेदवेदेव माथि २-६ ६-७ (५-७) ६-४ ७-५ को जीत दर्ता गरे । यसअघि यूएस ओपन च्याम्पियन मेदवेदेव लगातार दोस्रो ठूलो उपाधिका लागि उत्रिएका थिए । तर दुई सेट जितेपछि नडालले कुनै पनि मौका गुमाएनन् र फाइनल प्रतिस्पर्धामा जितेर उपाधि आफ्नो नाममा गरे ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार २२:१७