३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

स्थानीय तहकाे निर्वाचन माग्दै एमाले आन्दोलित, सहभागी हुन संयोजक ढकालको अपिल

१६ माघ, काठमाडाैँ । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने मागसहित आन्दोलित बनेको छ । शनिबार भएको नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको हो । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आफ्नो आफ्नो ढंगले दबाबमुलक कार्यक्रम गर्ने निर्णय जनसंगठन समन्वय संयन्त्रले निर्णय गरेको छ । जनसंगठन समन्वय सयन्त्रका संयोजक एवं स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर-संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मुल नाराको साथमा हुने आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेका छन ।

बैठकपछि विज्ञप्ति जारी गर्दै ढकालले संविधान र लोकतन्त्रको रक्षाका खातिर आन्दोलनमा सहभागी हुन र आन्दोलनलाई अगाडि बढाउन सबै जनसंगठनहरुलाई आह्वान पनि गरेका छन । पूरै विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : January 30, 2022 at 9:19 am