प्रचण्डकोविरूद्धमा उभिए अर्थमन्त्री जनार्दन शर्मा, समयमै स्थानीय निर्वाचन गर्न माग
१४ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरूद्धमा उभिएका छन । प्रचण्डले स्थानीय निर्वाचन नगराउन भूमिका खेलिरहेको परिस्थितिमा मन्त्री शर्माले भने समयमै चुनाव हुनुपर्ने राय अघि सारेका छन ।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री शर्माले भनेका छन, ‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ।’ उनले लोकतन्त्र र संघीयता सुदृढ गर्नका लागि पनि समयमै चुनाव हुनुपर्ने बताएका छन ।
प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने अभियानमा लागेका छन । उनीहरूले पहिला संघीय चुनाव गरेर त्यसपछि स्थानीय चुनाव गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन । उनीहरूले बरू त्यसका लागि संसद विघटन गरेर संघीय चुनाव घोषणा गर्न प्रधानमन्त्री देउवलाइ सुझाव दिएका छन ।

प्रकाशित मिति : January 28, 2022 at 10:08 pm









