२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

ओलीलाई भेट्न पौडेल अचानक किन पुगे बालकोट ?

२१ पुस, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल ओली निवास बालकोट पुगेका छन् ।

पाैडेल बुधबार साँझ बालकोट पुगेका हुन् । उनले अदालतमा देखिएको समस्या, संसद्को गतिरोध, एमसीसीमा देखिएको अन्योल लगायतका विषयमा ओलीसँग छलफल गरेका छन् ।

ओलीसँग उनले पछिल्लो समय विवाद देखिएका विषयमा साझा धारणा बनाएर अघि बढ्नका लागि आग्रह गरेका स्राेतले बताएकाे छ ।प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा पौडेल ओलीलाई मनाउन पुगेका बताइएकाे छ ।

आफैँ बालकोट पुग्दा गठबन्धनमा संशय पैदा हुने भन्दै काँग्रेस सभापति समेत रहेका देउवाले पौडेललाई बालकोट पठाएको स्रोतले बताएकाे  छ ।

प्रकाशित मिति : January 5, 2022 at 8:00 pm