राष्ट्रियसभा निर्वाचनका लागि एमालेका दुईजना उम्मेदवार फेरिए
१९ पुस, काठमाडाैँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले दुईजना उम्मेदवार परिवर्तन गरेको छ । एमालेले सुरूमा १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेकोमा अन्तिम समयमा आएर दुईजना उम्मेदवार परिवर्तन गरेको हो ।
प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएका हुन् । प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य एवं पूर्व सांसद गुरु बराललाई एमालेले उम्मेदवार बनाएको हो ।

यसैगरि यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उठाउने निणर्य भएकोमा अर्जुन कुमार सुनामलाई उठाउने निर्णय गरेकाे छ ।
याे पनि पढ्नुहाेस्ः
एमालेले राष्ट्रिय सभाका १९ उम्मेदवारकाे टुंगो लगायो (नामावलीसहित)
प्रकाशित मिति : January 3, 2022 at 7:42 pm









