११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

६ पुस, काठमाडाैँ । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंककाे मंगलबार बसेको  सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेकाे हाे ।

हालका सीईओ भुवन दाहालको कार्यकाल यही माघमा सकिँदै गर्दा बैँकले पाण्डेलाई नियुक्ति दिएको हो । नवनियुक्त सीईओ पाण्डे हाल साेही बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १८:१९