थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा गोल्डेनगेटलाई सफलता
१७ मंसिर, काठमाडाैँ । गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित गर्यो ।
नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बुढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ तथा विशाल मिलन केन्द्रले भनिमण्डललाई २१–१२ ले हराए ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसेन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा बास्केटबल संघका अध्यक्ष स्व। लामा टेन्डी शेर्पाको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगितामा २० टिम सहभागी छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल आइतबार हुने छ ।
प्रकाशित मिति : 21:11









