नेप्सेमा ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ सूचीकृत
१६ मंसिर, काठमाडाैँ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच आज ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रको सूचीकरण सम्झौता भएको छ।
अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल २२ लाख ७ हजार १०८ इकाइ भएको ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन्।
बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि गत साउन १० मा आह्वान गरी साउन ३१ गते बाँडफाँड गरेको थियो। सूचीकृत ऋणपत्र भोलि मंसिर १६ गतेबाट नेप्सेमा ‘एनबीएलडी८५’ संकेतबाट कारोबारमा आउने छ।सातवर्षे अवधिको यो ऋणपत्रको भुक्तानी मिति २०८५ साउन ३० मा रहेको छ।

यसका साथै नबिल बैंकका तर्फबाट यस ऋणपत्रको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायतका रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिस्ट्रार सम्झौता समेत गरिएको छ।
सन् १९८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा, १८८ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।
प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०७:५८












