२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

गुटबन्दी गर्न थालेपछि आफ्नै गृह पालिकामा कार्यकर्ताबाट लखेटिए एमाले नेता खतिवडा

२६ कात्तिक, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेकपा एमालेको अधिवेशनमा गुटबन्दी गर्न खोज्दा जिल्ला कमिटीका अध्यक्ष नारायण खतिवडा लखेटिएका छन ।

बिहीबार तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिङमा भएको गाउँपालिका कमिटीको प्रथम अधिवेशनमा खतिवडाले आफू पक्षीय नेता र कार्यकर्तामात्र राखेर कमिटी घोषणा गर्न खोजेपछि अधिवेशनस्थलबाट लखेटिएको अनेरास्ववियू नुवाकोटका अध्यक्ष विष्णुहरि रिमाल सत्यले जानकारी दिए ।

उनले अधिवेशनस्थलमा नाराबाजी चल्न थालेपछि खतिवडा आफ्ना समूहका नेता बोकेर अधिवेशनस्थलबाट भागेको उनले बताए । लामो समयदेखि पार्टी निर्माणमा भन्दा बढी गुटबन्दीका काममा सक्रिय रहँदै आएका खतिवडाले अधिवेशनमा पनि त्यस्तै व्यवहार प्रदर्शन गरेको उनले बताए ।

अध्यक्ष मण्डलमा बसेका खतिवडा लगायत नै अधिवेशनस्थलबाट भागेपछि नेतृत्व चयनको काम अर्थात बन्द सत्रको कार्यक्रम स्थगित भएको छ । खतिवडा आफैँ प्रमुख अतिथि भएर अधिवेशन उद्घाटन गरेका थिए । गुटका कार्यकर्तामात्र नेतृत्वमा भर्न उनी आफैँ अध्यक्ष मण्डलमा बसेर भाँडभैँलो मच्चाएको रिमालले आरोप लगाए । खतिवडाले अतिथिहरूलाइ बोल्न नदिनेदेखि धेरै कामहरू गरेको उनीहरूलषे आरोप लगाएका छन ।

असन्तुष्ट समूहका नेताहरू भने अधिवेशनस्थलमा नाराबाजीपछि त्यही अनशन बसेका छन । उनीहरूले अधिवेशनको मञ्च कब्जा गरेका छन । अध्यक्षमण्डलको घोषणा गर्दा नै एकपक्षीय रूपमा गरेपछि विवाद सिर्जना भएको बुझिएको छ । तारकेश्वर खतिवडाको गृह पालिका हो । उनी पार्टीको जिल्ला अध्यक्ष भए पनि पालिकाको बन्दसत्रमा अध्यक्षमण्डलमा बसेर आफू अनुकुलका कार्यकर्तालाइ नेतृत्वमा जिम्मेवारी दिने कसरमा लागेको रिमालले बताए ।

प्रकाशित मिति : November 12, 2021 at 8:54 am