२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा छैनः प्रधानमन्त्री देउवा

२४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालजस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताएका छन् ।गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले समावेशिता भएको, ३३ प्रतिशत महिला सुनिश्चित गरेको यस्तो समावेशी संविधान संसारको कुनै देशमा नभएको बताए ।

संविधानलाई समयानुसार परिमार्जन गर्दै सुदृढ रुपमा लैजाउनुपर्ने उनको भनाइ थियो । ‘अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ,’ उनले भने ।

यसलाई कार्यान्वयन गरेर सफलद पार्नुपर्नेमा उनले जोड दिए । संविधान निर्माणपछि देशमा शान्ति र स्थायित्व आएको उनको भनाइ थियो । ‘हाम्रो मुलुकमा अशान्तिबाट शान्ति छाएको छ । पहिला छिन छिनमा सरकार चेञ्ज हुन्थ्यो । आज एउटा प्रधानमन्त्री बन्यो, भोलि अर्कै हुन्थ्यो । आज स्थायित्व आएको छ,’ उनले भने ।

देउवाले प्राकृतिक स्रोत, जलस्रोतले भरिपूर्ण नेपाल देश भाग्यमानी रहेको र हामीहहरु नेपालमा जन्मेर भाग्यमानी छौं भने । उनले देशलाई जलवायु परिवर्तनबाट बचाउनुपर्ने, नांगो हुने खतरामा रहेको हिमाल जोगाउनुपर्ने पनि बताए ।

प्रकाशित मिति : November 10, 2021 at 2:23 pm