२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो, यसकाे आयु लामो छैनः योगेश भट्टराई

२३ कात्तिक, ताप्लेजुङ ।  नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । ‘अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो’, उनले भने । गठबन्धन दलहरूमा विघटनको संकेतहरु देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेन नेता भट्टराईकाे भनाइ छ ।

प्रकाशित मिति : November 9, 2021 at 5:38 pm