ओलीको प्रश्नः भूमिगत समयमा बाबुरामहरूले कसरी विदेशको भिसा पाए ?
२१ कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत भएका बेलामा प्रचण्ड र बाबुरामहरू अर्थात उनका सन्ततीले कसरी विदेशको भिसा पाए भन्ने प्रश्न गरेका छन । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले युद्ध चलाइरहेका समयमा पनि प्रचण्ड र बाबुरामहरूले कसरी छोराछोरी बिदेश पाठए भन्ने प्रश्न गरे ।
ओलीले भने, ‘प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढथे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिक पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसेको पार्सपोर्टबाट जानु भएको थियो बेलायत ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताई दिनुस त ? तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २,४, ५ लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनु भएको थियो रु कहाँको आम्दानीले भूमिगत हिँडदाखेरी ?’

ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिएका छन । एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको दावी समेत गरे ।
अध्यक्ष ओलीले एमाले नभएको भए १७ साल आईसकेको हुने दावी समेत गरे । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उनको दाबी छ । अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेको पनि बताए ।
उनले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिवद्धता समेत दोहो¥याए । अध्यक्ष ओलीले भने, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आईसक्थ्यो । तर यहाँ एमाले छ । त्यसकारण १० साल आउन सक्दैन । २००७ सालपछि १० साल आई हाल्यो नि । आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती ग¥यो भने च्यात्न कतिबेर लाग्दैन । तर जनता सचेत छ भने सचेत जनताको मनोबल च्याप्न सकिदैन । सचेत जनताको अठोट च्यात्न सकिदैन ।’
उनले अघि भने, ‘त्यसैकारण प्रतिक्रियावादी शक्तिहरु चुप लागेर बसेका छन । त्यस्ता परमादेशहरु, प्रतिगामी परमादेशहरु अनेक आउन सक्छन । तर हामी सरकार छोडन तयार छौं, तर देशलाई तलमाथि हुन दिँदैनौं । हामी सरकार छोडन तयार छौ, संविधान च्यात्न दिँदैनौं । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौं । लोकतन्त्र छोडन हामी तयार छैनौं ।’
अध्यक्ष ओलेलीले सात दशक भन्दाबढि संघर्ष गरेर ल्याएको लोकतन्त्र बचाउन एमालेले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, ‘बलिदान दिएर ल्याएको लोकतन्त्र हो । त्यसकारण हामी छोडन सक्दैनौं । यो अठोटमा छ एमाले । नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि । बर्को राधेराधे लगाएका हुन कि, रामराम लगाएका हुन कि, कृष्णकृष्ण लगाएका हुन रु यी सबै लोकतन्त्रको भक्षकहरु हुन । यिनीहरुलाई सत्ता चाहिएको छ, श्वार्थ पूरा गर्नुछ । देश होईन ।’
अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रकाशित मिति : November 7, 2021 at 6:22 pm










