१७ हजार नागरिक मरे पनि प्रचण्ड र बाबुराम त बाँचे निः अध्यक्ष ओली (भिडियोसहित)
२१ कात्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजारको हत्यारबलिदानीबाट नेता भएका नेकपा माओवादी केन्द्रका अध्यक्षा प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतको जीवनशैली माथि प्रश्न उठाएका छन ।
केहीदिनअघि भक्तपुरमा भएको एक कार्यक्रममा प्रचण्डले ओलीको जीवनशैलीको बारेमा टिप्पणी गरेका थिए । आज ओलीले एमालेको कर्णाली प्रदेशको देउसीभैलो कार्यक्रममा सहभागी हुँदै प्रचण्ड र बाबुरामको जीवनशैलीको बारेमा टिप्पणी गरेका हुन ।
उनले प्रचण्ड र बाबुरामहरूले युद्धका नाममा जनताको छोराछोरीलाई अघि लगाएर आफूहरू पछि बसेको बताए । उनले पहिले राजासँग भएको संवादको सन्दर्भ निकाल्दै १७ हजार नागरिक मरे पनि प्रचण्ड र बाबुराम त बाँचे नि ! भन्ने सन्दर्भ उल्लेख गरे ।
उनले भनेका छन, ‘प्रचण्ड बाँचे १७ हजार मरे । बाबुराम त बाँचे । बाबुरामका छोराछोरी त बेलायत पढथे । हामी बेलायत जान भिसा मिल्दैन थियो । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला भन्नुस् त रु एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाम त चाहिन्छ । नागरिक पाउन, पासर्पोट पाउन, सबै चिज पाउन । कसेको पार्सपोर्टबाट जानु भएको थियो बेलायत रु कहाँ भिसा लागेको थियो रु बाबुरामजी बताई दिनुस त रु तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कम्सेकम २/४, ५ लाख महिनाको खर्च हुन्छ । छोराछोरीलाई कसरी पढाउनु भएको थियो रु कहाँको आम्दानीले भूमिगत हिँडदाखेरी रु’
प्रकाशित मिति : November 7, 2021 at 5:46 pm










