प्रचण्डको गुनासोः सामान्य गुण्डाले पनि माओवादी र वाइसिएललाई हेपे (भिडियोसहित)
१९ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र वाइसिएल हेपाइमा परेको गुनासो गरेका छन । बिहीबार भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो गुनासो गरेका हुन ।
प्रचण्डले सामान्य गुण्डाले समेत माओवादी र वाइसिएललाई हेपेको गुनासो गरे । कुनै समय चन्दा असुली र कुटपिटमा साम्राज्य विस्तार गरेको वाइसिएलको गतिबिधि नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महेश बस्नेतको नेतृत्वमा युथ फोर्स परिचालन गरेर समाप्त पारिदिएको थियो ।

त्यतिखेर वाइसिएलको हतियारसहितको गतिबिधि युथफोर्सले लाठी र मुठीकै भरमा नियन्त्रणमा लिएको थियो । बिहीबार बस्नेतकै गृह जिल्ला पुगेका बेला प्रचण्डले सामान्य गुण्डाले समेत माओवादी र वाइसिएललाई हेपेको भन्दै गुनासो गरेका हुन । प्रचण्डको भिडियो तल सुन्न र हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : November 5, 2021 at 11:40 am










