महेश बस्नेतको गाउँमा गगन थापाको भाषणः अबको चुनावमा एमालेलाई कुचो र भ्याकुमले बढार्छाैँ
१७ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले अबको चुनावमा नेकपा एमालेलाई कुचो भ्याकुम लगाएर बढार्ने बताएका छन । एमालेका प्रभावशाली युवा नेता महेश बस्नेतको गाउँ भक्तपुरको गुण्डुमा पुगेर नेता थापाले बुधबार बिहान एमालेलाई कुचो र भ्याकुमले बढार्ने बताएका हुन ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आयोजित कार्यक्रम बोल्दै नेता थापाले आगामी चुनावमा देशभरबाट एमालेलाई कुचोले बढार्नुपर्ने बताए । उनले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्र तीनै तहको चुनावमा हराउनुपर्ने बताए ।
उनले सरकारको गलत कामको सामू निरीह बनेका थापाले उल्टै सरकारले राम्रो काम गरिरहेको भ्रम छर्ने कोशिश गरे । उनले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने र वैशाखमा स्थानीय चुनाव हुने दाबी पनि गरे ।
प्रकाशित मिति : November 3, 2021 at 12:06 pm










