२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दावी पेश

१६ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले दाबी पेस गरेका छन्। माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन् ।

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्यीय रहेकाले मुख्यमन्त्रीमा दावी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ । प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए । मंगलबार साँझ ८ बजे मुख्यमन्त्री शाहीले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : November 2, 2021 at 4:41 pm