१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

प्रभु बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफा भने ७३.३४ प्रतिशतले बढ्यो

१५ कात्तिक, काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा २५ दशमलव १४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटे पनि वितरणयोग्य नाफामा भने राम्रो सुधार भएको छ । वितरणयोग्य नाफा ७३ दशमलव ३४ प्रतिशतले बढेर असोज मसान्तसम्म ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९ दशमलव ४९ प्रतिशतले घटेको छ ।

बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा २० दशमलव २९ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको निक्षेप शून्य दशमलव ३८ प्रतिशत बढेको छ भने कर्जा दुई दशमलव ४४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष नौ दशमलव २६ प्रतिशतले बढेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १०:५३