५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

नेकपा (एकीकृत समाजवादी) खोटाङको अध्यक्षमा राई

१४ कात्तिक, खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी खोटाङको अध्यक्षमा जलशेर राई चयन भएका छन् ।एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी जिल्ला कमिटिका अध्यक्ष बबी चाम्लिङ केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बनेपछि राईलाई जिल्ला कमिटी अध्यक्ष चयन गरिएको हो ।

१२ कात्तिकमा बसेको पार्टी जिल्ला कमिटीको बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि राई जिल्ला सचिव थिए । एकीकृत समाजवादीको ६६ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई, नरेशकुमार राई, सचिवमा राजन आचार्य, उप-सचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन् ।

बैठकले नेता विष्णु दाहाल, कृष्ण श्रेष्ठ, पञ्चकुमार राई, दिपक कार्की, कुमार राई लगायतका २३ सदस्यीय सचिवालय सदस्य बनाएको आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए ।

पालिका इन्चार्ज पनि टुंगियो

नेकपा (एकीकृत समाजवादी)ले गाउँ तथा नगरपालिका इन्चार्ज र सह–इन्चार्ज पनि टुंगो लगाएको छ । बराहपोखरी गाउँपालिका इन्चार्जमा भवल राई, सह–इन्चार्जमा बम दाहाल, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा सुमन राई र सह–इन्चार्जमा जस्पाल राई, खोटेहाङ गाउँपालिका इन्चार्जमा मिलन श्रेष्ठ र सह–इन्चार्जमा अर्जुन गैरापिप्ली, दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्जमा नरेशकुमार राई र सह–इन्चार्जमा पेशल गुरागाई, साकेला गाउँपालिका इन्चार्जमा फूलकमुार राई र सह–इन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्जमा शुभचन्द्र राई र सह–इन्चार्जमा शम्भु घिमिरे, हलेसी तुवाचुङ नगरपासलका इन्चार्जमा अकिल राई र सह–इन्चार्जमा बिष्णु दाहाल, रावाबेँसी गाउँपालिका इन्चार्जमा इश्वर श्रेष्ठ, ऐसेलुखर्क गाउँपालिका इन्चार्जमा कृष्ण श्रेष्ठ र सह–इन्चार्जमा पर्शु राई तथा केपिलासगढी गाउँपालिका इन्चार्जमा माईतीराज राई र सह–इन्चार्जमा पवन श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

विभागीय प्रमुख, उपप्रमुख चयन

एकीकृत समाजवादीले १९ वटा विभागीय प्रमुख, उपप्रमुख र सदस्य पनि टुंग्याएको जनाएको छ । पाँच सदस्यीय अर्थ तथा योजना विभाग प्रमुखमा एन्टी शेर्पा, उद्योग तथा बाणिज्य विभाग प्रमुखमा दैवराज राई, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा सुमन राई, स्कुल विभाग प्रमुखमा बमबहादुर खत्री, युवा तथा खेलकुद विभाग प्रमुखमा माइतीराज राई, शिक्षा तथा मानव श्रोत विकास विभाग प्रमुखमा पञ्चकुमार राई, सहकारी विभाग प्रमुखमा चन्द्र श्रेष्ठ, साहित्य कला तथा जनसाँस्कृतिक विभाग प्रमुखमा संगीता राई चयन भएका छन् ।

यस्तै, स्थानीय विभाग प्रमुखमा विष्णु दाहाल, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा शिवेन्द्रकुमार राई, न्याय, कानून तथा मानव अधिकार विभाग प्रमुखमा शुभचन्द्र राई, निर्वाचन विभाग प्रमुखमा कुमार राई, वन तथा वातावरण विभाग प्रमुखमा भीम लुइँटेल, कृषि तथा भूमि सुधार विभाग प्रमुखमा दीपक कार्की, भौतिक पूर्वाधार तथा जनसंख्या विभाग प्रमुखमा फुलकुमार राई, महिला विभाग प्रमुखमा मनिषा राई, संगठन विभाग प्रमुखमा जलशेर राई, मोर्चा संगठन विभाग प्रमुखमा राजन आचार्य र मजदुर विभाग प्रमुखमा मकर राई चयन भएका छन् ।

बैठकले उदयबहादुर कार्की, तारानाथ दाहाल, बम खत्री, अकिल राई, कुमार राई, लवकुमार राई, अम्बीका राई र मिलन श्रेष्ठलाई प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज चाम्लिङले प्रतिगमनमा जाने पार्टीविरुद्ध चुनावी गठबन्धन हुने बताए । कार्यक्रममा केन्द्रीय सदस्य एवं सह–इन्चार्ज बिरबलकाजी राई, प्रदेश कमिटी सदस्य अम्बिका राई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : October 31, 2021 at 2:35 pm