१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

एनएमबी बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?

१४ कात्तिक, काठमाडौँ । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको १२ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताति लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदान भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : October 31, 2021 at 11:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/