१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

११ कात्तिक, काठमाडाैँ । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएकी छिन् ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैंठकले उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी स्वार कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरि सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०६:२३