२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विद्यार्थी नेता श्याम प्रकाश प्रजापति एमालेको कपिलवस्तु नगर अध्यक्षमा निर्वाचित

१० कात्तिक, कपिलवस्तु । कपिलवस्तुका सबै पालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकामा मंगलबार सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताए ।अखिलका केन्द्रीय सचिव श्याम प्रकाश प्रजापति कपिलवस्तु नगर अध्यक्ष चयन भएका छन् । नगर अध्यक्षमा प्रजापति सर्वसम्मत चुनिएका हुन् ।

यसैगरी विजयनगर गाउँपालिकाको अधिवेशनले थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालका अनुसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी यशोधरा गाउँकमिटीको अध्यक्षमा हरम सरिफ चयन भएका छन् ।

बाणगंगा नगरपालिकामा युवराज पोख्रेलको दोहोरिएका छन् । दोहोरो कार्यकाल पाउनेमा बुद्धभूमी नगरपालिकामा देवी प्रसाद बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कृष्णनगर नगरपालिकामा सन्दीप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, महाराजगन्ज नगरपालिकामा निजामुद्धिन खाँन रहेका छन् ।

प्रकाशित मिति : October 27, 2021 at 8:46 pm