२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले ललितपुर महानगर अध्यक्षमा शाक्य, ६ वटै पालिकामा नयाँ नेतृत्व

१० कात्तिक, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

n

एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन भएकी छन् । गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष भएका छन् । बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : October 27, 2021 at 10:32 am