२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न सकेनः केपी ओली

९ कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन् । मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुख सापकाेटा एमालेविरुद्ध लागेको र सोहीअनुसार भूमिका निभाएको आरोप लगाए ।

एमालेले आफ्ना ११ जना सांसदमाथि कारबाही गरेको जानकारी दिँदा पनि आफैँ न्यायाधीश बनेर सभामुख सापकोटाले निष्कासनको सूचना जारी नगरेको ओलीको भनाइ छ । सभामुख निष्पक्ष बन्न नसक्दा व्यवस्थापिका राम्रोसँग चल्न नसकेको भन्दै उनले विवादित व्यक्तिले राजीनामा दिनुपर्ने बताए ।

प्रकाशित मिति : October 26, 2021 at 2:10 pm