रसुवाका पुराना वामपन्थी नेता सुब्बा लामा एमालेमै, नेकपा एसको नाममा नबेचिन अपिल
७ कात्तिक, काठमाडौँ । रसुवाका पुराना वामपन्थी नेता सुब्बा लाम एमालेमै रहेको बताएका छन । आइतबार उनले विज्ञप्ति मार्फत आफू अन्य कुनै पनि पार्टीमा नरहेको बताएका छन ।
लामाले नेकपा एसको नाममा नबेचिन अन्य नेता कार्यकर्तामा अपिल समेत गरेका छन । विभिन्न प्रलोभवनमा पारी केही नेता कार्यकर्ताको नाम बेचेको सुनेको भन्दै लामाले भनेका छन आगामी दिनमा कोही पनि एमालेको विरूद्धमा हुने गतिबिधिमा सहभागी नहुनुहोला ।
लामा २०५६ सालमा नेकपा एमालेका तर्फबाट रसुवामा प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । उनले आइतबार रसुवा एमालेका अध्यक्ष कर्नेल लामा समेतलाइ साक्षी राखेर विज्ञप्ति जारी गरेका हुन । लामाको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 24, 2021 at 5:17 pm










