प्रभु साह एमालेमा सक्रियः कार्यक्रममा सहभागी हुन आज झापा जादैँ
७ कात्तिक, काठमाडौँ । लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन् । नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन् ।

बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झाप प्रस्थान गर्दैछन् ।त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन् ।
प्रकाशित मिति : October 24, 2021 at 10:43 am










