१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रहरी अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार ! एआईजीको नेतृत्वमा छानविन हुँदै

५ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको अस्पतालमा स्वास्थ्य सामग्री र उपकारण खरिद गर्दा भ्रष्टाचार भएको अशंका छानविन सुरू भएको छ । प्रहरी महनिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल प्रमुखमाथि छानविन गर्न एआईजीको नेतृत्वमा छानविन समिति नै गठन गरेका छन ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा आशा सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको नेतृत्वमा पाँच सदस्यी समिति गठन भएको हो ।

छानविन समितिको सदस्यमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामा, एसएसपीद्वय पूजा सिंह र भीम ढकाल र कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत रहेका छन । समितिले छानविनको काम अघि बढाइसकेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार आइसोलेसन वार्ड बनाउँदा र पिसिआर मेसिन लगायत खरिद गर्दा भ्रष्टाचार भएको शंका गरिएको छ । छानविन समितिले एआईजी सिंहले शान्ति मिसन र गोरखा दक्षिणबाहु पदक पाएको वा नपाएको के हो भन्नेबारेमा सत्य पत्ता लगाउने कार्यादेश समेत पाएको बुझिएको छ । सिंहको दुबै पदक विवादमा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ०८:५८