एमालेले चाहेमा यो सरकार एक हप्तामा ढल्छः केपी ओली
३ कात्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहेमा अहिलेको सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । एमालेको बाग्मती प्रदेश कमिटी बैठकमा ओलीले आफूहरूले चाहेमा सात दिनभित्र याे सरकार ढाल्ने दावी गरेका हुन् ।

उनले भने ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ ‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं ।’ तर हामी देश बन्ने निश्चित गरेरमात्रै सरकार बनाउँछौं ।’
प्रकाशित मिति : October 20, 2021 at 3:46 pm










