१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

वंगलादेशमा दुर्गा पूजामा हिन्दूमाथि हमलाः धार्मिक हिंसा भड्किन नदिन सुरक्षाकर्मी हाइ अलर्टमा

३० असोज , ढाका । वंगलादेशमा हिन्दू मन्दिरमा दुर्गा पुजाको क्रममा भएका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । मुस्लिमहरुको बाहुल्यता रहेको वंगलदेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको थिचोमिचोबारे सरकार मौन बसेको आरोप लागिरहेका बेला सरकारले हिन्दूको आस्थामाथि भएका हमला संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
सरकारले सबै देशबासी र धर्मालम्बीलाई संयमित हुन आग्रह गरेको छ ।

यसै साता दुर्गा पुजाका क्रममा मुस्लिमहरुले हिन्दू मन्दिरमा तोडफोड गरेपछि भएको हिंसामा चार जनाको मृत्यु भएको थियो । हिंसा भड्किन नदिन प्रधानमन्त्री शेख हसिना वाजेदले तत्कालै २२ जिल्लामा अर्धसैन्य बल तैनाथ गर्न निर्देशन दिएकी थिइन् ।

धार्मिक र साम्प्रादायिक दंगा फैलिन सक्ने आशंकमा सरकारले देशभरको सुरक्षा अवस्था कडा बनाएको छ । ‘कोमिलामा भएको घटनाको बृहत रुपमा अनुसन्धान भइरहेको छ । जुनसुकै धर्ममा आस्था राख्ने भए पनि घटनाका दोषी उम्कन पाउने छैनन् । दोषीलाई कडा कारबाही हुनेछ, ’, ढाकस्थित दक्षेश्वरी हिन्दू मन्दिरमा हिन्दूहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री हसिनाले भनिन् ।

यसैबीच, दुर्गा पुजा मनाउने क्रममा हिन्दूुमाथि भएको आक्रमणको भारतले निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न वंगलादेश सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १५:३२