प्रचण्डलाई झड्का दिने रामचन्द्रको अभिव्यक्ति, कांग्रेस कार्यकर्ताले अब अन्त भोट हाल्दैनन्
२५ असोज, चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई झड्का लाग्ने अभिव्यक्ति दिएका छन । प्रचण्डको गृह जिल्लामै पुगेर कांग्रेस नेता पौडेलले अब अन्य पार्टीका नेतालाई भोट नहाल्ने बताए । उनले आगामी निर्वाचनमा कांग्रेसी उम्मेदवारलाई नै मतदान गर्न पाउनुपर्ने बताए ।
कांग्रेस भरतपुर महानगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चितवनको विगतको चोट अहिलेसम्म आलै रहेको बताए । उनले भने ‘कहिले हँसिया-हथौडा, कहिले हलोमा भोट हाल्ने काम यहीँबाट सुरू भयो । यस्तो दुर्दशा फेरि भोग्नु नपरोस्, कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्छ । लोकतन्त्र र कांग्रेस रक्षाका लागि तपाईं(हामी एक भएर उभिनुपर्छ ।’
स्थानीय तहको चुनावमा भरतपुर महानगरको मेयरमा माओवादी नेतृ रेनु दाहाल, संसदीय चुनावमा राप्रपाका नेता विक्रम पाण्डेलाइ कांग्रेस कार्यकर्ताले मतदान गरेका थिए ।
प्रकाशित मिति : October 11, 2021 at 7:41 pm










