१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रुपन्देही घटनाः ४९ सुरक्षाकर्मी घाइते

२४ असोज, काठमाडौँ । रुपन्देहीमा आइतबार भएको झडपमा ४९ जना सुरक्षाकर्मी पनि घाइते भएका छन । प्रदर्शनकारीले अन्धाधुन्ध आक्रमण गरेपछि सुरक्षाकर्मी पनि घाइते भएका हुन ।

औद्योगिक क्षेत्रको जग्गा कब्जाको प्रयास गरेका सुकुम्वासीले सुरक्षाकर्मी माथि पनि आक्रमण गरेका हुन । आक्रमणमा रुपन्देहीका सशस्त्र प्रहरीप्रमुख राजेश उप्रेतीसहित १९ जना र बाँकी ३० जना नेपाल प्रहरीका घाइते भएका छन ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बमसमेत प्रहार गरेपछि बाध्य भएर सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रीराम तिवारीले बताएका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार ००:२१