२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भारतीय षड्यन्त्रका सामू सरकारले घुँडा नटेकोस्ः उपाध्यक्ष रावल

२३ असोज, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रवादी व्यक्तित्व डा भीमबहादुर रावलले सरकारलाई भारतीय षडयन्त्रका सामू घुँडा नटेक्न आग्रह गरेका छन । शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत डा रावलले यस्तो आग्रह गरेका हुन ।

उपाध्यक्ष रावलले भनेका छन, ‘माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लङ्घन गरेको छ।यस वापत उसले झण्डै रू.२ अर्ब हर्जाना सरकारलाई तिर्नुपर्ने हो।कम्पनीले आयोजना ओगटेको १४ बर्ष भयो।देशको सबभन्दा राम्रो योजनालाई खतम गर्ने विदेशी षडयन्त्रका सामु सरकारले घुँडा नटेकोस् ।’

प्रकाशित मिति : October 9, 2021 at 10:35 pm