चितवनमा एकै दिन १५० जना कांग्रेस र माओवादीका नेता एमाले प्रवेश गरे
२३ असोज, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा शनिबार नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि १ सय भन्दा बढी नेता कार्यकर्रा लाइन लागेर नेकपा एमालेमा प्रवेश गरेका छन ।
नेकपा एमाले कालिका नगर कमिटीले शनिबार खोलेसिमलमा आयोजना गरेको दशै तिहार लगायतका चाडपर्वको अबसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा १ सय १० जना एमाले पार्टीमा प्रवेश गरेका थिए ।

सो कार्यक्रममा नेकपा एमालेका नेताद्वय रामबहादुर थापा बादल र काशीनाथ अधिकारीले टीका र खादा लगाई एमालेमा प्रवेश गराउनु गराएका थिए ।
चितवनमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेको छ । हिजो रत्ननगरमा पनि ५० जना भन्दा बढी युवाहरु माओवादी पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । आज चितवन कै राप्ति नगरपालिकामा पनि ४५ जना एमालेमा प्रवेश गरेका थिए ।

एमालेमा प्रवेश गर्नेको संख्या दैनिक बढ्दै गएपछि माओवादी पार्टी भित्र भने खैलाबैला नै मच्चिएको छ । पार्टीमा लागि हिजोका दिनमा जनयुद्ध लडेका, होल्टाईमर कार्यकर्ता तथा युवाहरु पार्टीबाट पलायन हुँदा कार्यकर्ता रोक्ने रणनीति बनाउन नसक्दा माओवादी कार्यकर्ताहरुले नेतृत्वको तिब्र आलोचना गरेका छन ।

प्रकाशित मिति : October 9, 2021 at 9:55 pm










