२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

परमादेश लेनदेनको आधारमा भएको प्रमाणित भयाे, गठबन्धन नांगो भयोः कमल थापा

२२ असाेज, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले मन्त्रिपरिषदमा निर्दलीय व्यक्तिको सहभागिताले असार २८ को परमादेश लेनदेनको आधारमा भएको प्रमाणित गरेको बताएका छन् ।

थापाले मन्त्रिपरिषदमा गजेन्द्र हमालको नियुक्तिलाई लिएर टिप्पणी गर्दै यसले कानूनी राज्यको अवधारण र लोकतन्त्रको चिरहरण भएको बताएका छन् । थापाले गठबन्धन नांगो भएको भन्दै प्रधानन्यायाधीले पदमा रहने नैतिकता गुमाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक “निर्दलीय” व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ। न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनुभयो”

प्रकाशित मिति : October 8, 2021 at 6:10 pm