१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जुवा खेल्न नमानेको भन्दै ५७ वर्षीय वृद्धमाथि व्यपारीद्धारा निर्घात कुटपिट

२२ असोज, बैतडी । बैतडीको डिलाशैनीका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय ब्यापारी महाविर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथि कुटपिट गरेको पीडितका छोरा महेश रानाले बताए । रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए ।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका बारे प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरी चौकीमा बोलाएको छ । अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १०:२७