२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

देउवाको चाैँथो किस्ताको मन्त्रिपरिषद्‍ विस्तार आज, कसले कति पाए मन्त्रीको भाग ?

२२ असाेज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । यो देउवाको चाैँथो किस्ताको मन्त्रिपरिषद् विस्तार हो ।

उनले पहिलो पटक कांग्रेस र माओवादीका दुई/दुई मन्त्री सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यस्तै दोस्रो किस्तामा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको सपथ गराएका थिए भने तेस्रो किस्तामा नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएर मन्त्री बनाएकै दिन अमेरिका पठाएका थिए ।

प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् ।

कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ । दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : October 8, 2021 at 8:12 am